१३ बैशाख २०८१, बिहिबार

यस्तो छ हेर्नुहोस् डेक्सामिथासोन औषधिवारे रोचक जानकारी


डेक्सामिथासोन औषधि

आजसम्म यो औषधि सवैभन्दा सस्तो औषधिको समुहमा पर्दछ । यो औषधिको भूमिका मानवको जीवन मरणसंग सम्बन्धित देखिएको छ । भारतमा पहिले स्लाइन चढाउँदा यो औषधि मिलाएर चढाउने गरेका अनेकौं घटना छन् । यो औषधि सुनिएको ठिक गर्न र स्वास-प्रस्वासको विरामीको उपचारमा दिने गरेको पाइन्छ ।

आजको लेखमा भने मैंले कोरोनाको रोगमा समेत यसले मानवको जान बचाउन महत्वपूर्ण भूमिका निभाएको कुरा बताउन गइरहेको छु । यस्ता औषधि नेपाल लगायत विश्वका अधिकांश देशमा कोरोनाको उपचारमा प्रयोग भएको थियो । यो एक प्रकारको एस्टेराडस अन्तर्गत पर्दछ । यस्ता औषधिको प्रयोगले स्वास लिन सजिलो हुने गरेकाले यो बढी प्रयोग हुने गरेको देखिन्छ ।

चाहे जे होस् यो औषधिले लाखौं करोडौंको जान बचाएको कुरा सुन्नमा आएको छ । यो हेर्दा सामान्य भएपनि यसको प्रयोगले मानवको जान बचाउन महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । कुनै पनि औषधिले यदि एलर्जी ठिक नभएमा समेत यो औषधिको प्रयोगले ठिक भएका अनेकौ घटना हामीले सुन्न पाएका छौं । कम विकसित देशहरूमा यसको प्रयोगले ठूलो धनराशी खर्च हुनबाट समेत बचाएको देखिन्छ ।

विज्ञानले गरेको शोधको समर्थन गर्ने ब्रिटिश चैरिटीबेलका कमानको भनाई अनुसार यो औषधिलाई गम्भीर अवस्थामा चलाउनाले असंख्य व्यक्तिहरूको ज्यान बचाउन सकेको छ भनेका छन् । उनले विषेश जोड दिएका छन् की यो औषधि बढी भन्दा बढी उत्पादन गरेर यसको उपयोग मानव स्वास्थ्यमा गर्न सकिनेछ । यो औषधिको प्रयोगले भेन्टिलेटरमा राखेका असंख्य व्यक्तिहरूको ज्यान बचाउन समेत सफल रहेको देखिन्छ ।

एउटा घटना याद आयो आज भन्दा ३६ बर्ष पहिले एकपटक असारको महिनामा करेत सर्पले टोकेर एकजना बिरामी हाम्रो औषधालयमा ल्याइएको थियो । बुटवलतर्फ र नारायण घाटतर्फ बर्षाको कारण बाटो अबरुद्ध भएकाले बाध्यात्मक रूपमा त्यो बिरामीलाई उपचार गर्न पर्ने देखिएकाले डेक्सामेथासोनको इन्जेक्सन आई भीद्वारा दिइएको थियो । पहिलो डोजमै विषको प्रभाव समाप्त भएको र रोगीको ज्यान बचेको थियो ।

यो कुरा थाहा भएपछि मलाई तत्कालिन गाउँ पञ्चायतले थप तालिम दिन भरतपुर पठाएको थियो तर त्यहाँका मेडिकल डाक्टरले यस्तो केसमा हात नहाल्नुस भनेपछि सर्पको उपचार गर्न छोडिएको थियो । आज यही औषधि कोरोनाको उपचारमा प्रयोग गरेको पाइएको छ । यस्ता औषधि हरेक क्लिनिकमा रहनु पर्छ । समयमा यसको प्रयोग गरेर रोगीको ज्यान बचाउन सकिने देखिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले रोगको प्रकोपको पहिलो अवस्था जबसम्म भाइरस समाप्त गर्न सकिदैंन त्यति बेलासम्म यो औषधि चलाउन सकिने बताएको छ । कोरोना भाइरसका नयाँ नयाँ रूपहरू देखि रहेको अवस्थामा समेत यसलाई फस्टएडको रूपमा चलाएर रोग बढ्नबाट समेत रोक्न सकिन्छ भनेका छन् । समय परिवर्तन भइसकेको छ । नयाँ नयाँ भाइरस रोगको आगमन भइ नै रहेको यस घडिमा यस्ता औषधिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरा अनुमान गरिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !