११ मंसिर २०८१, मंगलबार

दाँतको सुरक्षा र उपचार यसरी गर्नुहोस्


दन्त

मानव शरीरको सवैभन्दा महत्वपूर्ण अंग भनेको दाँत हो । दाँत किन झर्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित रहन आवश्यक छ । पानीमा हुने (Flourine ) को कमिलाई दाँत झर्नुको प्रमुख कारण मानेको छ । हुनत: दाँत खराब हुनुमा एसिडको पनि ठूलो हात छ ।

दाँत किन झर्छ ? भन्ने प्रश्न हरेकको दिमागमा हुनसक्छ । जति जति समय परिवर्तन भएको छ त्यसरी नै दाँत अझ झर्ने क्रम अझ बढ्दैछ । हामीले खाने गुलियो पदार्थले दाँतमा बढी प्रभाव पार्दछ ।

दाँत सड्नुको अर्को प्रमुख कारण हो खानपिन । हाम्रो भोजनमा प्रयाप्त क्याल्सियम नहुनाले पनि दाँतमा असर हुन थाल्दछ । तरकारी र फलफूलको सेवन गर्दा थूकलाई बढी क्षारयुक्त बनाउनाले एसिड कम बन्न थाल्दछ । खाना खानासाथ हामीले ब्रश गर्छौं भने दाँत झर्ने प्रक्रियामा कमी आउन सक्छ ।

मुखमा जब-जब एसिड बढ्न थाल्छ तब-तब दाँतलाई असर हुन थाल्दछ । दाँत खराब हुनुमा एसिडको ठूलो हात छ । दाँतमा एसिड बन्नबाट रोक्न दाँत नियमित साफ गर्ने बानी बसाल्नु पर्दछ । अन्नमा यदि प्रयाप्त क्याल्सियम हुदैन भने यसको असर हाम्रो दाँतमा पर्न थाल्दछ ।

धर्तीबाट प्रयाप्त पानीमा थुप्रै तत्वहरू हामीलाई प्रयाप्त हुने गरेको हुन्छ । यदि पानीमा फ्लोरिनको मात्रा बढी हुन्छ भने दाँतमा दाग देखिन सक्छ । दाँतमा फ्लोरीन बढी भएमा मैला मात्र हुने हो दाँतलाई कुनै असर गर्दैन ।

दाँतलाई नियमित सफा गर्ने बानी बसाल्नु पर्दछ । दाँतलाई सफा नगर्नाले सास गनाउने हुन्छ । आजभन्दा धेरै पहिले दाँत सफा गर्न निमको डाठ र सजिवनको डाठ भाचेर दाँत माझ्ने गर्द थियो तर अहिले यो सिस्टम हटाएर क्यामिकलयुक्त टुथ पेष्ट बजारमा आउनाले मानिसको झुकाब त्यसतर्फ गएको देखिन्छ ।

हाम्रो शरीरको सवैभन्दा महत्वपूर्ण अंगमध्ये दाँत एक पर्दछ । सुन्दर दाँतले फेसमा समेत प्रभाव पार्ने हुन्छ । यदि दाँत ठिक गर्न र सफा देखाउनु छ भने हामीले घरेलु विधि अपनाउन सक्ने छौं । दाँतको सफाई नियमित गर्नाले दाँत सड्नबाट रोक्नुको साथै दाँत झर्नबाट समेत रोक्न सक्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले क्यामिकलयुक्त पेष्ट भन्दा निमको डाठले दाँत माझ्ने गर्दा धेरै राम्रो हुने भनिएको छ ।

दाँत सफा गराउने घरेलु औषधि

१. तोरीको तेल र थोरै बेसार तथा नुन मिलायर पेस्ट बनाएर दाँत माझ्ने गर्नाले दाँत चम्किलो हुनुको साथै दुख्ने दाँत भए निको बनाउदछ । हर्सा दाँतबाट रगत आउने गर्छ भने रोक्ने काम गर्दछ ।

२. मकइको कोइला १ भाग चकको पाउडर १ भाग गेरू १ भाग थोरै नुनु राखेर बनाएको पाउडरले नियमित दाँत माझ्नाले पनि दाँत चम्किलो हुने गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !