९ पुस २०८१, मंगलबार

पालिकास्तरीय अस्पताल निर्माण गरिँदै


अस्पताल

म्याग्दी । मङ्गलामा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । गाउँपालिका–५ हाँडेभिरमा सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो ।

इञ्जीनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए । आगामी २०८० असारसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताई ।

भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौँसँग २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल रु १२ करोड ९७ लाखको लागत अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !