७ मंसिर २०८१, शुक्रबार

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. तिवारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मंगलबार स्वाथ्यमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन् । हालका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !