काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मंगलबार स्वाथ्यमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ । एचआईभी एड्स नियन्त्रण केन्द्रमा डा. सन्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ ।