१८ चैत, चितवन । जिल्ला जनस्वास्थ्य चितवनको मातहतमा रहेका सवै स्वास्थ्य चौंकी र केन्द्रहरुलाई स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय तहमा रहेका सवै स्वास्थ्य चौकी एवम् केन्द्रहरु हस्तान्तरण भैसकेको छ ।
राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य चौंकी र केन्द्रहरुलाई हस्तान्तरण गरेपछि जिल्लाका सबैं स्थानीय तहमा हस्तान्तरणको प्रकृया सकिएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए ।
राप्ती नगरपालिकामा रहेका ७ वटा स्वास्थ्य केन्द्रलाई मेयर प्रभा बराल मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको प्रमुख झाले जानकारी दिए । यो अनलाइन खबरवाट लिएको हो ।