मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरै जसो रोगहरू जीवनशैलीसँग सम्बन्धित छन् ।
आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्यूटर, टेलिभिजन, अत्याधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् ।
मुटु रोग नियन्त्रणका लागि जीवन शैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानी व्यावहार, सोचाई, दिनचर्या आदि सबै जीवन शैलीभित्र पर्दछन् ।
यस्ता छन् मुटु रोगका लक्षणहरु
१. छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुने (छातीमा बेचैनी हुने वा भारीपन महशुस हुनु) हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । त्यसैले यदि तपाईलाई यस्तो भइरहन्छ भने त्यसलाई हल्का रूपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर उपचार गर्नुहोस् ।
२. यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ । आज मैले मुटुको रोगबाट बचाउने होम्योपैथीक औषधि Tonicard Gold Drops दिएको छु यो औषधिले कुनै प्रकारको हानी गर्दैन । यो औषधि ढुक्क साथ चलाउन सक्नुहुन्छ ।
मात्रा : १५,२० थोपा औषधि १/४ भाग पानीमा मिलाएर खान सक्नु हुन्छ ।