८ बैशाख २०८१, शनिबार

मोतियाबिन्दु बारेमा छोटो जानकारी र उपचार


मोतियाबिन्दु

हजुरको आँखाभित्र एउटा लेन्स हुन्छ । यो लेन्सले प्रकाशको किरणलाई केन्द्रित गर्ने काम गर्छ, जसले गर्दा तपाँई देख्न सक्नु हुन्छ । यो लेन्स, तपाँई जवान हुँदा पारदर्शी र रङबिहिन हुन्छ, तर जब तपाँई बुढो हुदै जानुहुन्छ, यो लेन्स धमिलो र पहेँलो हुदै जान्छ ।

हजुरको आँखा धमिलो देखिने र लेन्सको धमिलोपनलाई मोतिविन्दु भनिन्छ । समय बित्दै जाँदा, मोतिविन्दुले तपाँईको दृष्टि अझ धमिलो बनाउछ र तपाँईको आँखा प्रकाशको ज्योतिसंग संवेदनशील हुदै जान्छ ।

कस्लाई मोतिविन्दु हुन्छ ?

मोतिविन्दु उमेर बढ्दै जाँदा हुन सक्ने एउटा सामान्य अवस्था हो, त्यसैले जब उमेर बढ्दै जान्छ, यो समस्या सबैमा देखिन्छ । तर अरु कारणहरुले गर्दा यो समस्या सानो उमेरमा पनि देखिन सक्छ ।

मैले कहिले मोतिविन्दुको शल्यक्रिया गर्नु पर्दछ ?

मोतिविन्दु आफैमा तपाँईको आँखाको लागि हानिकारक हुदैन । त्यसैले जब यसले तपाँईको दृष्टीलाई असर गर्छ, त्यसपछि मात्र यसको शल्यक्रिया गर्दा राम्रो हुन्छ ।

मोतिविन्दुको शल्यक्रियामा के के सामेल हुन्छ ?

मोतिविन्दुको शल्यक्रियामा तपाँईको धमिलो लेन्सलाई हटाएर, त्यसको ठाऊँमा एउटा कृतिम लेन्स राखिन्छ । यो प्रक्रिया “लोकल आनसथेटिकको” प्रभावमा गरिन्छ, जसले गर्दा तपाँई बिउझैं भए पनि, तपाँईले आफ्नो आँखामा कुनै दुखाईको महसुस गर्नु हुनेछैन ।

किन मोतिविन्दुको शल्यक्रिया गर्नुपर्छ ?

मोतिविन्दुको शल्यक्रियाले तपाँईको दृष्टिमा सुधार ल्याउने काम गर्छ । मोतिविन्दुलाई हटाउनासाथ तपाँईले राम्रोसंग देख्नु पर्छ र साथै तपाँईको रंगहरुलाई छुट्टाउन सक्ने खुबिमा पनि सुधार आउन सक्छ ।

मोतिविन्दुको उपचार

१. Calcarea Fluorica Biochemic Tablet 6X ४ टेब्लेट दिनमा ४ पटक मनतातो पानी सित खाने ।

२. Cineraria Maritima Eye Drop आइड्रोप्स १,१ थोपा दिनमा ४ पटक आँखामा राख्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !