१२ आश्विन २०८१, शनिबार

स्वास्थ्य र दिर्घायुको लागी उचित श्वास-प्रश्वास प्रकृया


long breathing and good health

 मानिस लगायत सम्पूर्ण प्राणी र वनस्पतीको शरीरको संरचनात्मक एकाइ कोषलाई जीवनभर प्राणवायु अक्सिजनको आवश्यकता पर्द्छ भन्ने तथ्यप्रति हामी अनभिज्ञ छैनौँ ।श्वास फेर्ने उचित तरिका अपनाइएमा हामीले स्वास्थ्य लाभका साथ साथै आफ्नो आयु आश्चर्यजनक तरिकाले बढाउन सकिन्छ ।

हाम्रो शरीरमा जति पनि जैविक कृयाकलाप भईराखेका हुन्छन्, यी सबै कृयाकलापहरु विभिन्न अंगमा भएका कोषमा हुने जैविक कृयाकलाप  उपापचयन(metabolism) प्रकृयाकै उपज हुन्।

शरीरको सम्पूर्ण कोषभित्र हुने जैविक प्रकृया उपापचयन प्रकृयामा हामीले श्वास फेर्दा लिने अक्सिजनको महत्वपूर्ण भूमिका हुन्छ । अक्सिजनले खानाका अणुहरुलाई अन्य आवश्यक अणुमा रुपान्तरण गर्नुको साथै कोषलाई स्वस्थ्य र जीवित राख्दछ । मानिसको उमेर जति बढ्दै जान्छ, त्यति नै  शरीरको कोषहरु मर्दै जाने हुन्छ, जसले गर्दा शरीर पनि कमजोर हुँदै जाने हो । यो एउटा प्राकृतिक सत्यताको बावजुद पनि हामीले आफ्नो स्वास्थ्यलाई मजबुत राख्दै आयु बढाउनको लागी श्वास फेर्ने उचित तरिका अपनाउन सक्छौँ।

तरिका:

बेला बेलामा नाकले लामो श्वास लिने र करिव ६ सेकेन्डसम्म श्वास रोक्ने अनि श्वासलाई बिस्तारै फाल्ने : यसो गरेमा शरीरका सम्पूर्ण कोषमा अक्सिजन प्रचुर मात्रामा पुग्छ र कोषको आयु बढाउँछ । कोषको आयु बढ्नु भनेको सम्पूर्ण शरीरको आयु बढ्नु हो ।यो तथ्य भगवत साक्षात्कार गर्न सफल भएका व्यक्ति शिवपुरी बाबा ( गोविन्दानन्द भारती ) ले ‘अनन्तको यात्रा’ पुस्तकमा प्रस्तुत गर्नु भएको छ ।

बेला- बेलामा यस्तो तरिकाले श्वास फेरेमा मानिस हजार वर्षसम्म पनि बाँच्न सक्छ भन्ने विचार उहाँले प्रस्तुत गर्नुभएको छ । वैज्ञानिक दृष्टिले विश्लेषण गर्दा पनि यो तरिका फाइदाजनक नै देखिन्छ । लामो श्वास फेर्ने प्रकृया कुनै पनि बेला हामी गर्न सक्छौँ ।आफ्नो काममा हुँदा समेत हामी यो तरिका अपनाउन सक्छौँ । यो प्रकृयाबाट हामीमा तुरुन्त तेज ,शारीरिक बल , आत्मबल र स्वास्थ्य लाभ बढेर आइहाल्छ । यो फाइदाको अनुभव हामी १ दिनमै गर्न सक्छौँ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !