आधुनिक चिकित्सा पद्धतिमा स्टेथेस्कोपको माध्यमबाट रोग पत्ता लगाउन छाती र पछाडि लगाएर धड्कन सुनेर रोगको स्थिति कस्तो छ भन्ने थाहा हुन्छ त्यसरी नै आयुर्वेदमा नाडीको चालको माध्यमबाट रोग पत्ता लगाउने गरिएको हुन्छ भने अर्को परिक्षण ल्याब परिक्षणद्वारा एलोपैथिकमा रोगको सहि निदान गरेको हुन्छ ।
आजको लेखमा नाडीद्वारा आयुर्वेदमा कसरी रोग पत्ता लगाउन सकिन्छ भन्नेबारे जानकारी पस्कने छु । आयुर्वेद शिक्षा लिनेहरूलाई नाडी ज्ञान हुन आवश्यकछ । नाडीद्वारा जन्म मृत्यु समेत थाहा हुने गर्दछ । हामीले कुनै पनि काम गर्दा त्यसको अभ्यास निरंतर गरेको हुनुपर्छ ।
नाडी ज्ञान नभएमा आयुर्वेद शिक्षा अधुरो छ भन्ने कुरा मैले होइन आयुर्वेदको नाडी ज्ञानले बताउने गरेको हुन्छ । आयुर्वेदमा रोगको परिक्षण नाडीको माध्यमबाट नाडीको गति नापेर गर्ने चलन छ । यसरी नै विविध रोगको परिक्षण नाडीद्वारा गरिएको हुन्छ ।
शरिर स्वस्थ छ वा खराब छ भन्ने जानकारी ह्रदयको गतिद्वारा पत्ता लगाउन सकिन्छ । धड्कनको प्रभाव धमनीमा पर्दछ । यही धड्कन छोएर आयुर्वेद चिकित्सक स्वस्थ भए नभएको पत्ता लगाउने गर्दछन् । नाडीद्वारा मृत्यु हुन र भइसकेको जानकारी प्राप्त गर्न सकिन्छ ।
नाडी ज्ञान लिँदा नाडीको परिक्षण कति बेला र कुन समयमा गर्ने भन्ने सवैभन्दा महत्वपूर्ण छ । नाडी जाँच गर्ने समय सवैभन्दा महत्वपूर्ण समय विहानको लिइएको छ । नाडी छाम्दा पेट खाली भएको हुनुपर्छ । यस्तो किन भन्ने जिज्ञाषा जाग्न सक्छ । यो समयमा नाडी अनियन्त्रित हुने हुनाले सहि रोग पत्ता लगाउन गारो हुन सक्छ ।
कसरी गर्ने नाडी परीक्षण ?
नाडी परिक्षण गर्दा महिलाको बायाँ र पुरूषको दायाँ हातको नाडी हेर्ने गर्नुपर्छ । तर कहिलेकाही दुवै हातको नाडी हेर्नुपर्ने पनि हुन सक्छ । नाडी परिक्षण गर्दा सिधा नआतिकन नाडी परिक्षण गराउनु गर्नु पर्दछ । यसरी नाडिको गति नापेर रोग पत्ता लगाउने गरेको हुन्छ। नाडि छाम्दा नाडिको धड्कन काहा छ भन्ने यकिन हुन आवश्यक छ ।
यसरी हेर्दा नाडीको गति चोर अगुलामा बढी छ भने वात पित्त दोषी भएको थाहा हुन्छ । नाडी जाँच गर्दा तीन अंगुलाको दवाव वीच सेन्टरमा हुन आवश्यक छ । वीचको अगुलामा दवाब बढी भए पित्तको अधिक भएको पत्ता लाग्छ र लाष्ट माझी औलामा दबाब बढी भए कफ दोष भएको पत्ता लाग्दछ ।
यदि भ्याकुताको चालमा नाडी चलेको छ भने पित्त दोष र सर्पको तालमा नाडी चलेको छभने भने वाथ पित्त दोष भएको थाहा हुन्छ । यसरी हामीले अभ्यास गर्दै जानुपर्छ । कहिलेकाही एक दिनमा मान्छे मर्ने भए एकपटक र तीन दिनमा मर्ने भए तीन पटक नाडी काटेर चलेमा भन्न सकिन्छ । मृत्यु हुने बेला मान्छेको नाडीमाथि सरेको हुन्छ वा गायब हुने गरेको हुन्छ ।
नाडी परिक्षण गर्दा महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने हुन्छ । यदि नाडी नियमित गतिमा ३० पटकसम्म नरोकिने गरी चलेको छ भने रोगीको उपचार सम्भव छ रोगी मर्दैन । यदि धड्कन रोकी रोकी चल्ने गर्छ भने रोगीको उपचार सिघ्र गर्नुपर्ने हुनसक्छ नत्र रोगी मर्न सक्छ । त्यस्ता रोगी समय नपुग्दै मर्न सक्छ । नाडी ज्ञान हुने वैद्यले नाडीद्वारा सवै पत्ता लगाएर उपचार गर्ने गरेका हुन्छन् ।
यस प्रकारले आयुर्वेदमा नाडीको गतिको महत्व ठूलो छ । नाडी ज्ञान प्राप्त गर्न नियमित अध्ययन र अभ्यासको खाँचो हुन्छ । सवै वैद्य डाक्टर नाडी ज्ञानमा पारंगत हुदैनन् । नाडी ज्ञान भएकाहरूसंग उपचार गराउदा ठिक हुन सक्छ । यो लेख लामो हुने भएकाले अर्को लेखमा बाँकी पस्कनेछु ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।