७ बैशाख २०८१, शुक्रबार

बोतलमा भरिएको शुद्ध भनिने पानी स्वास्थ्यमा कत्तिको उपयोगी छ ?


बोतलको पानी

बोतलमा भरिएका पानीमा आवश्यक मिनरल नभई पानीमा क्यामिकल राखेर सफा गरेको पानी हामीले सेवन गरेका छौं । पानी यस्तो पदार्थ हो जसले मानव जीवनको रक्षा गरेको हुन्छ । आज हामीले सेवन गर्ने पानीमा पौष्टिक तत्व कम भएको देखिन्छ । यस्तो पानीले फाइदा भन्दा बढी नोक्सान गर्न सक्छ ।

आज मानव स्वास्थ्य संकटमा छ । नत मिनरल युक्त पौष्टिक पानी सेवन गर्न सकेको छ, सकेको छ भने क्यामिकल युक्त सफा गरेको पानी जसमा मिनरलको मात्रा न्युन हुन्छ । यस्ता पानीले कसरी स्वास्थ्यलाई फाइदा दिन सक्छ । स्वस्थ रहन हरेक मान्छेलाई आवश्यक मिनरलको आवश्यक भएको हुन्छ । त्यस्तो हामीले पानीबाट मात्र प्राप्त गर्न सक्ने छौं ।

बजारमा पानी खरिद गर्दा मिनरल वाटर नभई कम गुणस्तरको पानीको बोतल खरिद गरेका हुन्छौं । मिनरल वाटरमा अझ मिनरल थपेर बनाइएको हुन्छ जुन महंगो र सर्बसाधारणको पहुँच भन्दा माथिको हुन्छ । यस विषयमा लामो अनुसन्धान र अनुगमनको खाँचो छ ।

यस्तो मिनरल वाटरले मात्र स्वास्थ्यमा फाइदा पुग्न सक्छ । तर हामीले पिउने बोतलको पानीमा मिनरल कम हुने पत्ता लागेको छ । मानिस स्वस्थ हुन प्राकृतिकद्वारा प्राप्त पानी नै ठिक हुने प्राकृतिक चिकित्सकको राय छ ।

आउनुस् मिनरल वाटर र एक्वा वाटरको बारेमा छोटो जानकारी प्राप्त गरौं । एक्वा वाटरलाई क्यामिकल राखेर फिल्टर गरेर बजारमा ल्याइएको हुन्छ भने मिनरल वाटरलाई प्राकृतिक झर्ना र मुलबाट प्राप्त पानीमा भएको मिनरलमा थप मिनरल राखेर बनाइएको हुन्छ । यसको प्रोसेसिङ बढि हुने हुनाले यो महंगो हुन्छ ।

What is Mineral Water मिनरल वाटर भनेको केहो यस विषयमा मैले माथि भनिसकेको छु । मिनरल वाटरको अर्थ हो खनिज तत्वले भरिएको पानी यदि यो पानी हामीले सेवन गर्न सक्छौ भने हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव पर्ने हुन्छ तर यस्तो पानीबाट हामी बन्चित छौं भन्दा खासै फरक छैन । यस्तो पानी हामीले प्राकृतिक स्रोतबाट मात्र प्राप्त गर्न सक्ने छौं ।

आजकाल मानिसहरूलाई यो पानीले पनि नोक्सान गर्न सक्ने देखिएको छ । प्राकृतिक झर्ना कुवा मुलमा भएको पानीमा मानिसलाई चाहिने मिनरल हुने हुनाले बजारमा भएको बोतल पानीमा कटौती गर्नु पर्ने समय आएको छ । हामीले आफ्नो स्वास्थ्य ठिक होस् भन्नाका लागी मुलबाट या जमिनबाट प्राप्त पानी नै पिउने बानी बसाल्नु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !