८ बैशाख २०८१, शनिबार

यस्ता छन् स्वास्थ्यको लागि अदुवाका फाइदाहरु, जानी राखौ


अदुवा

अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा भान्साको शोभा पनि हो । अदुवालाई औषधिको रूपमा प्रयोग गर्दा थुप्रै फाइदा लिन सकिन्छ ।

१. दम खोकीमा

एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।

२. चिसोको बाथ र कम्मर दुखेमा

आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ ।

३. उल्टी आएमा

अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टि हुन तथा जिउमा असजिलो हुन बन्द हुन्छ ।

४. हृदय रोग

अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदय रोगमा फाइदा हुन्छ । अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ ।

५. मंदाग्नि

अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ । भोक जाग्दछ ।

६. उदरशूल

५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा उदरशूल हुँदैन ।

७. शीतज्वर

अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ । शीत ज्वरमा यो फाइदाजनक हुन्छ ।

८. पेटको ग्यास समस्या

आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।

९. रुघा-खोकी लागेमा

२० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

१०. खोकी र सासको रोग

अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।

११. भोक नलागेमा वा पेट सफा नभएमा

भोक नलागेमा अदुवाको बारीक चुर्णमा नुन मिलाएर आठ दिनसम्म दिनमा एकपटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !