१२ बैशाख २०८१, बुधबार

जडिबुटीमाथि अनुसन्धान नहुनुको कारण यस्तो रहेछ


जडिबुटी

२१ औं शताब्दीमा अमेरिका, यूरोप र भारत जस्ता देशमा हर्बल औषधिको माग बढ्दै गएको छ । अधिकांश मान्छेहरु यता आकर्षित हुनुको रहस्य म तल बताउने छु । यस्ता औषधि सामान्य पढेलेखेका व्यक्तिले पनि सेवन गरेर गराएर लाभ लिन र दिन सक्ने छन् ।

जडिबुटीकै माध्यमबाट आज एलोपैथिक धेरै अगाडि बढेको देखिन्छ । यस्ता औषधिलाई आधुनिक युगमा ढाल्दै अघि बढ्न सके देशले डलर भित्राउन सक्ने प्रशस्त सम्भावना देखिएको छ । एलोपैथिकका केही औषधि जसका कारण आजभन्दा पहिले औलो ज्वरो निर्मुल पार्न एलोपैथिक सक्षम छ त्यो औषधि जडिबुटीबाटै बनेको रहेछ भन्दा कतिपयलाई आश्चर्य लाग्न सक्छ ।

आजको लेखमा मैले रोचक जानकारी पस्कने छु । भारत, चीननमा र युरोपमा बन्ने औषधि ८०% हर्बलबाट बनेका छन् । त्यसैगरी अमेरिका २५ % हर्बलमा निर्भर छ । जडिबुटी विषयमा सवैभन्दा राम्रो जडिबुटी नेपालमा रहेको छ । एलोपैथिकका अनगिन्ती औषधिमध्ये उदाहरणका लागि यहाँ केहि औषधि सामेल गरेको छु ।

आजको लेखमा क्विनाइ, एस्पिरिन, मॉर्फिन जस्ता महत्वपूर्ण औषधि जडिबुटीको माध्यमबाट बनेको कुरा सुनाउन पाउदा मलाई आनन्द महसुस भएको छ । यस्ता औषधि जडिबुटी सवैभन्दा बढी उत्पादन नेपालमा हुने रहेछ ।

सिन्कोना भन्ने जडिबुटीबाट यो औषधि तयार हुने रहेछ । त्यसै गरी एस्पिरिन यो औषधि पनि विलो नामको जडिबुटी बाट बन्दो रहेछ । विश्वमा सवैभन्दा बढी विक्रि हुने औषधि अफिमबाट बनेको औषधि मॉर्फिन सवै भन्दा बढी भारत र अमेरिकामा उत्पादन हुने गर्दछ ।

विश्वमा पेनिसिलिनले अग्रस्थानमा एलोपैथिकलाई राखेको कुरा नकार्न सकिदैन त्यस्ता औषधि सवै जडिबुटीबाटै बनेको भन्दा कतिपयलाई आश्चर्य लाग्न सक्छ। मैले यस विषयमा धेरै पहिले देखि हेर्दै आएको छु । आज नेपालमा जडिबुटीलाइ हेर्ने तरिका फरक छ ।

यदि जडिबुटी माथि अनुसन्धान गरेर औषधि उत्पादन गर्ने हो भने नेपाल विश्वमा अग्र पन्थिमा आउने देखिन्छ । नेपालका जडिबुटी माथि अमेरिकाको नजर परेकाले पनि एमसीसीमा बढी जोड दिने गरेको हुन सक्छ । यस्ता विषयमा नेपाल चनाखो हुनुपर्छ ।

नेपाली भू-भागमा प्राप्त गर्न सकिने किमति धातु देखि बहुमुल्य जडिबुटी पाइने भएकाले शक्तिशाली राष्ट्रको आँखा यता गएको छ । यदि हामीले यस्ता विषयमा ध्यान दिन नसके देशको अस्तित्व नै समाप्त नहोला भन्न सकिने छैन। हामीसंग अपार सम्पदा छ तर प्रयोग र उत्पादन विहिन छ यही फाइदा उठाउन विकसित देश लागी परेका छन् भन्दा खासै फरक छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !