७ बैशाख २०८१, शुक्रबार

मेथी र गहतवाट बिभिन्न रोगहरुको सफल घरायसी उपचार


मेथी र गहत

अहिले हामी २१ औं शताब्दी पार गरिसकेका छौं । समय परिवर्तनसंगै हामीले आफ्नो विचार समेत परिवर्तन गरिसकेका छौं । यो अवस्थासम्म पुर्याउन हामीलाई हम्मे-हम्मे परेको थियो । आज हरेक मान्छे ब्यस्त छ ।

एलोपैथिक औषधि गर्दा गर्दा दिक्क मान्दै जडिबुटीको शरणमा मान्छे पुगेको म हेरि रहेको छु । आजभन्दा ४/५ बर्ष पहिले पोष्ट गरेका हाम्रा लेखहरू पढ्ने र चासो राख्ने कोही हुदैनथे तर आज ठिक विपरित सेयर गर्दै गरेको हेर्दा मलाई हौसला बढेको छ ।

आज हाम्रो देश जडिबुटीको खानी भइदिदा पनि मान्छेको ध्यान यता पुग्न सकेको छैन । मलाई लाग्छ यसको पछाडि ब्यस्तता पनि प्रमुख हुन सक्छ । हामीले आफ्नो स्वास्थ्यका लागि नसोचेको भन्न मिल्दैन हामी छिटो निको हुने चक्करमा त्यता लागेको हुन सक्छ ।

अब हामीले जडिबुटीलाई प्राथमिकता दिदै अघि बढ्नुपर्ने समय आएको छ । म हरेक नेपाली दाजुभाइलाई यही भन्न चाहन्छु सामान्य रोग जडिबुटीको माध्यमबाट ठिक हुन सक्छ जस्तै रूघा, खोकी, ग्यास्ट्रिक र लिभर जस्ता थुप्रै विरामी जडिबुटीको माध्यमबाट निको हुन सक्छ ।

लामो समयसम्म ज्वरो निको नभएका रोगीहरूले आयुर्वेद औषधि सेवन गरेर रोग निको भएका घटना हामीले सुन्न र देख्न सक्छौं । यस्ता औषधिमा कुनै साइड इफेक्ट नभएको देखिन्छ । एलोपैथिकका अधिकांश औषधिमा साइड इफेक्ट भएका हुनाले चिकित्सकको साहेतामा यस्ता औषधि चलाउने गर्नु राम्रो हुनेछ ।

तर जडिबुटी भने अनुभवी व्यक्तिको रेखदेखमा चलाउन सकिन्छ । रोग ठिक नभएपनि अन्य रोग उत्पन्न नगराउने हुन्छ । आजको लेखमा मैले केही जडिबुटीबाट उपचार गर्नेबारे प्रकाश पार्नेछु ।

पत्थरी हुँदा के खाने के नखाने ?

१. पत्थरी हुँदा गहत, खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गिलास पानी दैनिक पिउनु पर्दछ ।

पत्थरीमा के नखाने ?

१. मासको दाल, मेवा, चक्लेट, माछा, मासु, चिया, भेण्टा, टमाटर आदि खानु हुदैन ।

पत्थरीको उपचार

१. गहतको दाल २५० ग्राम ल्याउनुहोस् राती ३ लिटर जति पानीमा भिजाएर राख्नु होस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नु होस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा, हलेदो हाल्नुहोस् १० एमएमसम्मको पत्थरी झार्दछ ।

आँखाको उपचार

१. नेत्र ज्योति बढाउन हरियो सागसब्जी, सिमी, सुकमेल, जीरा, अमला, सुप, फर्सी, तोरीको तेल, साल्मन माछा, अण्डा, हाडे बदाम जस्ता खानेकुराहरु प्रशस्त खानेकुरा खाने ।

२. एक माना पानीमा एक चमच जति फिट्करी राखेर पकाउने र सेलाएपछी नियमित आँखा धुने ।

३. पाको उमेरका मान्छेमा देखिने अन्धोपना कहिलेकाही मोतियाबिन्दुको कारणले र सुगरले पनि हुन सक्छ । यस्तो समस्या देखिएमा आँखाको डाक्टरलाई देखाउने ।

यस्ता छन् मेथीमा पाइने तत्वहरु

मेथीमा प्रोटिन, कार्बोहाईड्रेट, कैल्शियम, रिबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटासियम, सोडियम, म्याङ्गेनिज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ । यसमा सेल्यूलोज, स्टार्च, शर्करा, म्यूसिलेज, खनिज पदार्थ, एल्कोलायड र भिटामिन ए, बी, सी तथा फास्फोरिक एसिड, एलब्युमिन प्रोटिन, मेथी दानालाई अनेकौं औषधीय प्रयोग गर्न सकिन्छ ।

मेथीका अन्य फाइदा जानौं

१. मेथीको दाना साझ पानीमा राख्ने विहान पिउँनाले मधुमेह ठिक हुन्छ ।

२. मेथी दानाको प्रयोगले मुटु स्वस्थ्य राख्न, पाचन शक्ति बढाउँ राम्रो फाइदा गर्दछ ।

३. मेथीको प्रयोग नियमित गर्नाले कामवासना बढाउँने काम गर्दछ ।

४. पेटमा हावा भरिने, पेटमा जुका चुर्ना, पेट दुख्ने, कमर दुख्ने तथा अन्य प्रकारका शारीरिक पीडामा समेत मेथी उपयोगी छ ।

५. प्रात: उठ्ने बित्तिकै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या ठिक हुन्छ । मेथीको सेवन खासगरी बुढापालामा देखिने घुँडा दुख्ने समस्या ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !