१० पुस २०८१, बुधबार

आँखा तेजिलो बनाउन के गर्ने ?


आँखा

मानिसको सम्पूर्ण अंगहरुमा सवैभन्दा बढी महत्व आँखाको हुन्छ । हुनत: सवै अंगको आ-आफ्नो भूमिका उत्तिकै महत्वपूर्ण रहेको हुन्छ । कुनै अंगको काम कम र अर्को अंगको धेरै भन्ने हुदैन । त्यस्तैगरी आँखा मानिसको लागि महत्वपुर्ण अंग हो । जसले गर्दा हामीले यो संसार देख्न पाइरहेका छौं ।

कतिपय मानिसहरुले आँखाको ज्योति गुमाएर यो संसार देख्न पाइरहेका छैनन् । अरुको साहारामा यो संसारमा बाँच्न परिरहेको छ । आँखाको समस्याहरु धेरै देखा परेका हुन्छन् जसमध्ये आँखा कमजोर हुने कम देख्ने समस्या अहिले बढी देखिन थालेको छ ।

आँखा कमजोर हुनुमा आँखा सुक्खा हुनु पनि एउटा कारण हुन सक्छ । आँखावाट आँशु कम बग्ने गर्नाले आँखा सफा नहुनाले पनि आँखा कमजोर हुन सक्छ । आँखा सुख्खा हुनु, आँखा चिलाउनु, आँखामा केही विझेको महसुस हुनु जस्ता समस्या देखा परे भने बुझ्नुहोस् तपाइको आँखा सुख्खा भएको हुन सक्छ ।

ल्यापटप, कम्युटर, मोबाइलका कारण धेरै मानिसमा आँखाको समस्या देखिन सक्छ । आजकाल आँखा कमजोर हुनुमा मोबाइल पनि एक हुन सक्छ । हाम्रो खाना पौष्टिक नहुनाले दृष्टि क्षमतामा पनि प्रभाव पर्न सक्छ । आँखाको लागी भिटामिन ‘ए’ र ‘सि’ धेरै मात्रामा पाइने केही खानेकुरा आँखा स्वस्थ राख्न र दृष्टि क्षमता बढाउन सहयोगी हुन्छन् ।

आँखालाई तेजिलो बनाउनको लागि भान्सामा पाइने हरियो सागसब्जी, सिमि, सुकमेल, जीरा, अमला, सुप, फर्सि, तोरीको तेल, साल्मन, अण्डा, हाडे बदाम जस्ता खानेकुराहरु खानुहोला जसले तपाईको आँखाको क्षमता बढाउन सहयोग गर्छ ।

आँखा स्वस्थ होस् भन्नाका लागि हामीले आँखाको व्यायाम पनि गर्न सक्छौ । प्रात: उठनासाथ हरियो साग घाँसमा एक छिन हेर्ने गर्नाले पनि आँखा तेजिलो हुन सक्छ । आँखाको एलर्जीको कारणले पनि आँखा कमजोर हुने गरेको हुन्छ । फिड्करी पानी पकाएर नियमित आँखा धुने गर्नाले पनि आँखाको रोग हट्न गई नेत्र ज्वति बढ्न थाल्दछ ।

उपचार

१. नेत्र ज्वति बढाउन हरियो सागसब्जी, सिमि, सुकमेल, जीरा, अमला, सुप, फर्सि, तोरीको तेल, साल्मन माछा, अण्डा, हाडे बदाम जस्ता खानेकुराहरु प्रशस्त खानेकुरा खाने ।

२. एक माना पानीमा एक चमच जति फिट्करी राखेर पकाउने र सेलाएपछि नियमित आँखा धुने ।

३. पाको उमेरका मान्छेमा देखिने अन्धोपना कहिलेकाही मोतियाबिन्दुको कारणले र सुगरले पनि हुन सक्छ । यस्तो समस्या देखिएमा आँखाको डाक्टरलाई देखाउने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !