७ बैशाख २०८१, शुक्रबार

एण्टिबडी र इम्युनिटी पावर बढाउन यसो गर्नुस्


प्रतिरक्षा प्रणाली

हामीले कसैको केहि खाएका छैनौं भने नडराउनुस् । आज हामी जसरि कोरोना भाइरसबाट डराउदैछौं । हामीले सन् २००२,३ मा यसलाई वेहोरिसकेका छौं । यसले मान्छेलाई मार्ने होइन । हामीले लापरबाही गर्छौं भने जुनसुकै रोगले हामीलाई मार्न सक्छ । अहिले हामी डरको सिकार भएका छौं ।

डर र त्रासको जीवन भनेकै नर्क समान हुन्छ यसमा दुईमत छैन । हामी जति डराउछौं त्यति नै हाम्रो मनोबल गिर्दै जानेछ । रोगसंग लड्ने क्षमता हामी कमजोर बनाउदै जानेछौं । हामी जति खुसी हुन्छौं हाम्रो शरीरमा एण्टिबडी त्यति नै सक्रिय हुदै जानेछ ।

इम्युनिटी सिस्टम बलियो हुन खानपिनमा विशेष जोड दिनुपर्ने हुन्छ यदि हामी चिन्ताका कारण खान छोड्छौं भने इम्युनिटी पनि कमजोर हुन थाल्नेछ । स्वास्थ्य धन हो शरीररूपी घरलाई स्याहार सम्भारको आवश्यकता हुन्छ ।

हामीले किनेको मोटर साइकल ठिक समएमा सर्विसिङ गर्दछौं तर हामीले पेट्रोलको ठाउमा डिजल कहिलै हाल्दैनौं यसको ठोस् कारण हो पेट्रोलबाट चल्ने गाडीलाई डिजल होइन पेट्रोल नै आवश्यक हुन्छ । त्यसरी नै हामीले आफ्नो शरीरलाई चाहिने समयमा सर्विसिङ गर्नुपर्ने हुन सक्छ ।

बर्षमा चारपटक डाक्टरको निगरानीमा होलबडी चेक गराउनुस् यसबाट हामीलाई रोग लागे नलागेको थाहा हुनेछ । ब्लडप्रेशर नियमित ४५ बर्ष पार गरेकाले चेक गर्दै जानुस् गलत खानपानबाट बच्नुस् । कसैले दिएको खाना सकेसम्म नखानुस् चाहे अमृत नै किन नहोस् तपाईको सानो लापरबाहीले ज्यान जोखिममा पर्न सक्छ ।

नेपालीले जबसम्म आफ्नो बानी सुधार गर्न सक्दैनन् तबसम्म रोगको दलदलमा फस्दै जानेछन् । रोग लाग्नुको प्रमुख कारण भनेकै लापरबाही हो यस्ता विषयमा विषेश ध्यान जान जरुरी छ । हिजो नोबेल कोरोना देखिएसंगै मानिस सचेत हुनुको कारण मृत्युदर ह्वात्तै घटेको छ ।

हिजो विविध कारणले मान्छे दैनिक १५,१६ हजार मर्ने गर्दथे तर अहिले ह्वात्तै घटेको देखिन्छ । यसको ठोस् कारण हो स्वास्थ्यमा लापरबाही कम हुनु । हिजोसम्म बाहिर खानेहरू आज आफ्नै भान्सामा सरेका छन् यो पोजिटिभ कुरा हो । जब-जब हामीले गलत गर्दै जान्छौं तब-तब हामी मृत्युबरण हुन पुग्नेछौं ।

हाम्रो भान्सा हस्पिटल हो हामीले भान्सा भन्दा बाहिर कदम राख्छौं भने जे पनि हुन सक्छ । हामीले सकेसम्म एलोपैथिक औषधिमा भन्दा आयुर्वेदिक जडिबुटीमा विषेश ध्यान दिदै परम्परा चिकित्सामा जोड दिदै जान्छौं भने हामी सुरक्षित रहने छौं । विदेशीले दिएको औषधि होस् या खाद्यान्न हामीले प्रयोग गर्न बन्द जबसम्म गर्ने छैनौं तबसम्म हामी रोगको दलदलमा फस्दै जानेछौं ।

हामीले कमाईको ७५% खर्च एलोपैथिक औषधिमा खर्च गर्ने गरेका छौं यदि हामीले यही पैसा जडिबुटीमा लगाउछौं भने त्यो ७५ % बचत गर्नेछौं । त्यो पैसा हामीसंग रहनेछ । यसरी हाम्रो स्वास्थ्य ठिक हुनुको साथै स्वास्थ्यमा समेत सुधार हुदै जानेछ । रोग लागेकालाई घृणा होइन आज समाजले समेत घृणा गरेको अवस्थामा ज्यान फाल्नु नै एकमात्र विकल्प भन्दै सुसाइट गरेका थुप्रै घटनामा वृद्धि भएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !