९ मंसिर २०८१, आइतबार

रुघाखोकी लाग्दा यी खानेकुराहरु नखानु होला


KHOKI

मानिसलाई विभिन्न समस्याहरुले सताईरहेको हुन्छ । जस्तै सामान्यरुपमा लिएको रुघाखोकी पनि एक हो । मौसम परिर्वतनसँगै धेरैलाई रुघाखोकीले सताउने गर्छ । लामो समयसम्म खोकी लाग्दा यसले स्वास्थ्यमा जटिल समस्या ल्याउन सक्छ । सामान्य खोकीमा सुप, अदुवा, मह, भिटामिन सीयुक्त र मसालेदार खाना खानु फाइदाजनक हुन्छ । रुघाखोकी लाग्दा यी खानेकुराहरुवाट टाडा हुदाँ हाम्रो शरीरको लागि फाइदा हुन्छ

खानामा हामीले फ्राइड फूड्स (तारेको) खानाले पनि खोकी झन् बढ्छ । फ्रेन्च फ्राइ र जंक फूड खोकी लागेको बेला खानु हुँदैन । यसले हामीलाई खोकी झन् बढ्छ । त्यस्तैगरी दुध वा दुधवाट बनेका उत्पादन खानेकुराले श्वास नली, फोक्सो र घाँटीमा कफ जम्मा गर्छ । त्यसैले जबसम्म खोकी निको हुँदैन तबसम्म दुध र दुधले बनेको सामाग्रीवाट टाँढै बस्नु पर्छ । यसले हामीलाई अझै सताउने गर्दछ ।

प्रशोधित खाना सेवन गर्नाले स्वास्थ्यमा थप जटिलता ल्याउँछ । जस्तैं वाइट ब्रेड, वाइट पास्ता, बेक्ड फूड, चिप्स जस्ता सामाग्री खोकी लागेको बेला खानु हुँदैन । साइट्रिक एसिडयुक्त फल खानाले पनि खोकी बढाउँछ । बरु भुँई कटहर, तरबुज खानु राम्रो हुन्छ । पानि ततायर मात्र पिउने गर्नुपर्छ । यदि चिसो पानि पिउनाले पनि खोकी झन् बढ्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !