१५ असार २०८१, शनिबार

दम रोग लाग्नुका कारणहरु


asma-remedios

दम रोग लाग्नुको मुख्य कारक तत्व भनेको धुम्रपान एक हो । जसले गर्दा शरीरमा धेरै ठुलो असर परेको हुन्छ । कतिपयले यहि धुम्रपान सेवनले गर्दा नै आफ्नो ज्यान गुमाईरहेका हुन्छन् । धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा हुदाहुदै पनि कतिपयले प्रयोग गरिरहेका हुन्छन् । कतिपय अशिक्षितको कारणले गर्दा प्रयोग गर्ने गर्छन भने कतिपय ट शिक्षित व्यक्तिहरुले पनि प्रयोग गर्ने गरेको पाईन्छ । त्यस्तैगरी प्रदूषित वातावरणमा काम गर्नाले पनि दमको समस्या हुन सक्दछ । घरभित्र र बाहिरको वायु प्रदूषणले पनि यो रोग हुन सक्दछ ।

कोइला, धूलोमा काम गर्नुपर्ने बाध्यतासमेत यो रोगको कारण हुन सक्छ । अझ गाउँघरमा गुइठा वा दाउरामा खाना पकाउनु,भान्साकोठामा धुवाँको उचित निकास नहुनुलेसमेत दम देखिन सक्छ । धुम्रपान संगै वंशानुगत कारणले समेत यो समस्या आउन सक्छ । यसबाहेक जीन, बाल्यकालको छातीमा संक्रमण, क्षयरोग लगायतले गर्दा समेत दमको जोखिम रहन्छ ।

दम रोग लाग्नुका कारणहरु

१. चिन्ताको कारणले गर्दा
२. वातवारणीय उत्तेजक तत्वको कारणले गर्दा
३. धुवाँ र धुम्रपानको कारनले गर्दा
४. चराचुरुङ्गको प्वाँखले गर्दा
५. जनावरको चायाँले गर्दा
६. घरायसी धुलोको कारणले गर्दा
७. उत्तेजनाले गर्दा
८. कसरत तथा वडी गर्दा
९. चिसो वा चिसो हावाले गर्दा
१०. अण्डा, दूध, बदाम, गहुँ, माछा लगायतका एलर्जी गराउने तत्वको सेवनका कारणले गर्दा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !