विगत लामो अनुभवबाट हामीले (Millefolium Mother Tincture Q ) को सेवनबाट जस्तोसुकै रक्तस्राप रोक्न यो औषधि सक्षम भएको हामीले पाएका थियौँ । चाहे काटेर होस् या महिनावारी हुने वेलाको रक्तस्राब होस् रगत रोक्न राम्रो भुमिका यसले गर्दछ । हाम्रो ध्यान सस्तो औषधि माथि घट्दो छ । हाम्रो वरीपरी अनेकौं औषधि हुँदाहुँदै पनि हामी प्रयोग गर्न सकि रहेका छैनौं ।
जब शरीरको विभिन्न भागबाट बग्ने रगत रोक्न यो औषधि रामबाण छ । चाहे मुखबाट होस् या गुद्वारबाट होस् या पाठेघरबाट बगेको रगत किन नहोस् यो औषधिले राम्रो फाईदा गरेको हामीले पाएका छौं । चोटपटकबाट बगेको रगत समेत यो औषधिले रोक्ने काम गर्दछ ।
औषधि हामीले जुनसुकै किन नहोस् चलाएर पब्लिकलाई फाइदा दिन सके थोरै पैसाले पनि धेरै फाइदा उठाउन सक्ने छन् । होम्योपैथीक औषधि धेरै सेफ भएको हामीले देखेका छौं । होम्योपैथीक औषधि चलाउ भन्ने मेरो आग्रह छ ।
यो औषधि सेवन गर्ने तरिका जानौ
१. ५ देखि १५ थोपा दिनमा ३ पटक पानी मिलाएर सेवन गराउनु पर्छ । औषधि ४,४ घण्टाको फरकमा सेवन गराएमा जस्तो सुकै रगत रोक्ने छ ।
नोट : रक्तस्राप रोक्नको लागि Tranexamic Acid, Norethisterone जस्ता औषधिको स्थानमा हानी रहित होम्योपैथीक औषधि चलाउनुस् भन्ने मेरो आग्रह छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।