३ असार २०८१, आइतबार

क्यान्सर रोगका लक्षणहरु


क्यान्सर

शरीरको वृद्धि विकासको क्रममा कोषिकाहरुको अनियन्त्रित विकास अथवा धेरै कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम नगर्दा पनि कोष अनावश्यक रुपमा वृद्धि हुने गर्दछ । शरीरको टाउको देखि खुट्टासम्मको जुनसुकै भाग, बाहिरी र भित्री अंगमा क्यान्सर हुन सक्छ । हाम्रो अस्वस्थकर खानपान र जीवनशैलीको कारणले, वंशाणु रोग भएर र विशेषगरी निकोटिनको प्रयोगले क्यान्सर लाग्न सक्छ । चाहे तपाई धनी हुनुहोस् वा  गरीव । हुने खाने होस वा हुँदा खाने क्यान्सरले छोड्दैन । क्यान्सरले ज्यान लिन्छ । तर क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ । तर सामान्यतः अधिकाँश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन् ।

क्यान्सर रोगका लक्षणहरु

१. भोक नलाग्नु
२. खोकी लाग्नु वा श्वासप्रश्वासमा कठिनाई हुनु
३. रहस्यमय दुखाई
४. अनावश्यक टुडुल्को उठ्नु
५. पुरानो घाउ निको नभएमा
६. छालाको रोगनमा परिवर्तन आउनु
७. स्पष्ट कारणविना हुने रक्तस्राव वा नीलडाम
८. तौल घटेमा
९. निल्न गार्हो हुनु वा सजिलै पाचन नहुनु
१०. मुखभित्र घाउ सजिलै सञ्चो नहुनु
११. शरीरका कुनै भागमा गिर्खा आउनु
१२. स्पष्ट कारणविना ज्वरो आउनु तथा रातीमा पसिना आउनु
१३. आवाज बस्नु (आवाज ननिस्कनु)
१४. दिसा, पिसाबमा रगत देखिनु, पिसाब गर्न गार्हो हुनु
१५. योनीवाट असामान्य तवरले रक्तस्राव हुनु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !