हामीले सेवन गर्ने हरेक बस्तु सहि तरिकाले प्रयोग गर्न सके औषधिको जस्तै काम गर्ने हुन्छ । जस्तै चिया सेवन गर्छौं तर चियाका फाइदा बेफाइदाबारे हामीले जानकारी लिन सक्छौं भने हामीले आफ्नो रोगमा सुधार गर्न सक्नेछौं ।
हाम्रो भान्सामा अदुवा छ, ल्वाङ छ, सुकमेल छ, बेसार छ, यस्ता थुप्रै बस्तु हाम्रो भान्सामा छ तर हामीलाई यस्ले के के काम गर्छ भन्ने जानकारी हामीमा हुन आवश्यक छ । यस्ता विषयमा हाम्रो ध्यान पुग्न जरूरी छ ।
जस्तै उदाहरणको रूपमा हामीले अदुवालाई लिन सकिन्छ । अदुवा गर्मी प्रकृतिको हुने गर्छ । गर्मी प्रकृतिका व्यक्तिले अदुवा सेवन गराउदा हानी गर्न सक्छ तर चिसो शरीर भएकाहरूले अदुवाबाट धेरै फाइदा उठाउन सक्नुहुन्छ । हुनत: हामीले सीमित मात्रामा लिने गरेका जुनसुकै औषधिले वेफाइदा पक्कै गर्दैन ।
अदुवाको फाइदा पाचन प्रणालीमा र कफको रोगमा यसले राम्रो फाइदा गर्दछ । आजकाल हर्बल चिया र अन्य आयुर्वेदिक औषधिहरूमा यसको प्रयोग बढी हुने गरेको हुन्छ । कफका रोगीले चियाको रूपमा या पोलेर मिस्रि मिलाएर चुस्ने गर्नाले राम्रो फाइदा गर्दछ ।
यसरि हामीले भान्सामा भएका औषधिबाट घरको डाक्टर बन्न सक्ने छौं । आजकल महंगो उपचारतर्फ बढी ध्यान दिने गरेका हामीले यसतर्फ खासै ध्यान दिन सकिरहेका छैनौं । हाम्रो देशमा यस्ता थुप्रै जडिबुटी भए पनि यसको प्रयोग हुन सकि रहेको छैन ।
हामीले विगत लामो समयदेखि नागरिकलाई जडिबुटीबारे जानकारी पस्कदै आएका छौं । हजुरले जडिबुटीबारे जानकारी राख्नुभएको छ । हजुरले यस्ता जडिबुटीबाट उपचार गर्ने गर्नुभएको छ तर हातमा कुनै प्रमाणपत्र नभएर उपचार गर्न सक्नु भएको छैन भने आफुले प्राप्त गरेको अनुभवको प्रमाणित प्रमाण पत्र लिएर आउनुस् हामी तपाइलाई सहयोग गर्नेछौं ।
आज हामीले जान्दा जान्दै पछि परिरहेका छौं । भारतबाट आएकाहरू जडिबुटी बेचेर लाखौं कमाएका छन् । हामी भने पछि परिरहेका छौं यसतर्फ हाम्रो ध्यान केन्द्रित हुन नसकेको देखिन्छ । पैसा छरिएर रहेको तर नेपालीले उठाउ नसकेको देखिन्छ ।
केहि महिना पहिले हाम्रो मध्येविन्दु नगरपालिकाको होटलमा एक जना विहारबाट आएर जडिबुटी बेच्दै रहेछन् यो थाहा पाएर हामीले बुझ्न खोजेको थाहा पाएपछि भागेछ । त्यस होटलमा बसेर राम्रो पैसा कमाई सकेको रहेछ । यसरी नेपाली दाजुभाइ दिदी बहिनी ठगिएको देखिन्छ ।
यस्ता विषयमा हामीले ध्यान दिन आवश्यक छ। नेपालमा नोबेल कोरोनाको प्रभाव निकै कम देखिएको छ । यसको पछिको रहस्य भनेकै भान्साको औषधि हो भन्दा खासै फरक छैन । नेपालको जमिनमा रहेका जडिबुटीको गन्धले बायुलाई समेत शुद्ध बनाएकाले यो रोग फैलिनबाट रोकिएको देखिन्छ ।
अब हामी यस्ता विषयमा अघि बढ्न आवश्यक छ । खेर गएका बस्तुलाई कसरी प्रयोग गर्ने विषयमा सबैको ध्यान पुग्न जरूरी छ । अन्य देशहरू धेरै अगाडि पुगी सके तर नेपाली भने पछाडि पर्दै गएको यथार्थ वर्णन वर्तमान अवस्थाले देखाएको छ । हामीले जानेका कुरालाई सेयर गर्दै अघि बढ्न सके ठूलो उपलब्धि हुनेछ । जडिबुटी सम्बन्धी पुस्तक खरिद गरेर अध्ययन गरेर लाभ उठाउने काममा सवै जुटौं ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।