१२ असार २०८१, बुधबार

माग पूरा नहुँदासम्म अनशन; डा. केसी


Govinda_KC

२८ पुस काठमाण्डौ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बर्खास्ती, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) वाट खोसिएका अधिकार फिर्तालगायत माग पूरा नभएसम्म अनशन जारी राख्ने घोषणा गरेका छन् ।

आफूले प्रमुख मागका रुपमा उठाएको प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया सर्वोच्च अदालतवाटै सुरु भएको भन्दै केसीले अन्य माग पूरा गर्न अनशनलाई निरन्तरता दिने बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !