३० कार्तिक २०८१, शुक्रबार

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे


damauli-hospital_8z73y4Ry1i

२६ पुस, दमौली । तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ । दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ । रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताए ।

चिसो बढेसँगै बिरामीको संख्या बढेको अस्पतालका चिकित्सकले बताए । बिरामीलाई उमालेको पानी खान, झोल पदार्थ बढी खान, न्यानो भएर बस्न सल्लाह दिने गरेको प्रमुख रायमाझीले बताए । ५० प्रतिशत बिरामी त बीमा गरेका व्यक्ति उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !