८ मंसिर २०८१, शनिबार

चितवनमा रहेका पूर्वयुवराज पारस शाह अस्वस्थ


पारस शाह

काठमाडौँ । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उहाँलाई होटलमै इसिजी गरिँदैछ । यसैगरी, रगत परीक्षण गर्न लागेको उनले जानकारी दिए ।

रेग्मीका अनुसार शाहको स्वास्थ्य परीक्षण गरेर इसिजी लगायत परीक्षणका गरिदै रहेकोले उनको स्वास्थ्यको बारेमा केही बेरपछि भन्न सकिने बताए । इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए ।

रेग्मीका अनुसार, शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बुल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !