१३ बैशाख २०८१, बिहिबार

बढी निन्द्रा लाग्नु वा निन्द्रा नलाग्नु दुवै हुन रोगका संकेत


निन्द्रा

चीनमा गरिएको एक अनुसन्धानले राती र दिउसो धेरै सुत्ने बानी राम्रो होइन जति निन्द्रा बढी हुन्छ त्यति नै खतरा बढि हुने भनेको छ । चीनको म्याकमास्टर एण्ड पिकिंग युनियन मेडिकल कलेजले गरेको अनुसन्धानले यो कुराको पुष्टि गरेको छ ।

यो शोध युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको थियो । अनुसन्धानमा २१ देशका केही व्यक्ति समावेश गरिएका थिए जसअनुसार अत्यधिक सुत्ने व्यक्ति हरूको अनुसन्धान गरिएको थियो ।

उक्त अनुसन्धान अनुसार ८ घण्टा भन्दा बढी सुत्ने व्यक्तिलाई हार्ट स्ट्रोक र हार्ट फोल्योरको अत्यधिक खतरा देखियो । यस्ता व्यक्तिको चाँडै नै मृत्यु हुने सम्भावना ४१ प्रतिशतले बृद्धि भएको देखाएको थियो ।

उदाहरणका लागि राती ८ देखि ९ घण्टा भन्दा बढी समयसम्म सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावना बढी पाइएको थियो । स्वस्थ रहन निन्द्रा आवश्यक छ तर लामो समय सुत्दा ख्याल गर्नुपर्ने समय आएको छ ।

धेरै सुत्नु स्वास्थ्यका लागि खतरा भन्ने कुरा अनुसन्धानले देखाएपनि हामीले लापरबाही गर्ने गर्दा आज असमयमा हुने मृत्युको कारण अत्यधिक निन्द्रा भएको जानकारी हामीले पाएका छौं ।

स्वस्थ रहन निन्द्रा आवश्यक छ । तर निन्द्रा नलाग्नु पनि खतरा मानिएको छ । निन्द्रा नलाग्नु मानसिक रोगको संकेत हो यसले पनि थुप्रै रोगहरू निम्ताउने खतरा बढ्न सक्छ । बढि सुत्नु या कम सुत्नु दुवै त्यति नै खतरा हुन भन्ने कुरा बुझ्न आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !