८ बैशाख २०८१, शनिबार

रूघा लाग्दैमा वा ज्वरो आउदैमा कोरोना हुन सक्दैन


रूघा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

काठमाडौँ, कार्तिक २५ । रूघा लाग्नु सामान्य प्रक्रिया हो तर सहि उपचार नहुनु गलत हो ।रूघा हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ । मानिसको रूघा ठिक गर्ने कोही माइकालाल जन्मन सक्दैन यो कटु सत्य हो ।

जसले जे जस्तो दलिल पेस गरेपनि निराधार हो । ज्वरो आएको छ भने ज्वरोको औषधि सिटामोल मात्र दिदैमा रोग किमार्थ निको हुदैन । हिजो दैनिक १६० लाख मान्छे निमोनिया, फोक्सोको क्यान्सर, टिबी, मुटुको रोग, दम आदि रोग लागेर मर्ने गर्थे तर अहिले त्यता कसैको ध्यान पुग्न सकेको छैन ।

हाम्रा बुबाले भन्ने गर्नु हुन्थ्यो खोकी र रूघालाई सामान्य रूपमा नहेर्नु यसले ठूलो खर्च गराउन सक्छ । ज्वरो कुनै रोग होइन तर अन्य रोग शरिरमा प्रवेश हुँदा रोगको लक्षणको रूपमा मानिसलाई ज्वरो, रूघा लाग्ने जस्ता लक्षणहरू देखिन सक्छ ।

हरेक बर्ष जसरी मौसम परिवर्तन हुन्छ त्यसरी नै हाम्रो स्वास्थ्यमा पनि परिवर्तन हुन थाल्छ । रूघा लाग्दा टाउकोमा भएको विकार पदार्थ रूघाको माध्यमबाट बाहिर निस्कासन हुन आवश्यक छ ।

तर स्वास्थ्य वैज्ञानिक भने रूघालाई ठूलो मुद्धा बनाएर राम्रो अनुभव पेस गर्नमा व्यस्त देखिन्छन् । रूघा पनि एउटा भाइरस हो यसको सहि उपचार नभए विकराल रूप लिन सक्छ ।

एलोपेथीमा सटिक रुघाको औषधि बनाउन सकेको छैन । विगत ३० बर्ष देखि मैले हेर्दै आएको छु । जब कुनै पनि रोगको सटिक उपचार हुदैन र गलत औषधि गलत उपचार हुन्छ भने मान्छे पक्का मर्छ यो कटु सत्य हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !