काठमाडौँ, १९ कात्तिक । काठमाडौँ- विर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका छन् ।
केही महिनादेखि तलब नपाएको, जोखिम भत्ता उपलब्ध नभएको, स्वास्थ्य सुरक्षा सामग्री नपाएको भन्दै इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका हुन् । राजिनामा बुझाउने सबै १६ जना करारमा कार्यरत मेडिकल अधिकृत हुन् ।