७ बैशाख २०८१, शुक्रबार

रोगवाट चाँडो मुक्ति पाउनको लागि बदलौं सोच


रोग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जब-जब तपाईं केहि सोच्नु हुन्छ तपाईको दिमागलाई विशेष दबाव हुन थाल्छ । त्यति बेला तपाइको शरीर बढी क्रियाशिल हुन्छ । सोच २ प्रकारको हुन्छ एउटा नेगेटिभ र अर्को पोजेटिभ । पोजेटिभ सोच्नु भन्दा नेगेटिभ सोचमा ब्लडको खर्च बढी हुन्छ भन्ने मान्यता हाम्रो हो ।

हामीले काम गर्दा हमेसा पोजेटिभ सोच राखेर अघि बढ्छौं भने हाम्रो दिमाग सफा हुदै जान थाल्दछ र हाम्रो शरीर स्वथ हुन्छ तर नेगेटिभ सोच राख्छौं भने दिमागमा फोहोर जम्मा हुन थाल्छ रगत दुषित हुन थाल्छ यसले अनेक रोग निम्ताउन थाल्दछ ।

उदाहरण जस्तै जुन कामको लागि हामीले मोबाइल प्रयोग गर्छौं ठिक विपरीत कामको लागि जस्तै गेम खेल्दा, चेस खेल्दा, ब्लु फिल्म हेर्दा मोबाइललाई बढी भार पर्ने हुनाले मोबाइल हेङ्ग हुने गर्छ ठिक यही अवस्था हाम्रो नकरात्मक सोचको विकासले हुने गर्छ ।

मानिस विमारी हुनु पनि नकरात्मक सोच दिमागमा विकास हुनाले शरीर कमजोर हुन थाल्दछ । जब जब शरीरमा रोग प्रतिरोधक शक्ति कमजोर हुन थाल्छ तब-तब अनेकौं रोगले हामीलाई प्रभाव पार्न थाल्दछ यसको ठोस कारण भनेकै नकरात्मक सोच हो ।

आज जति पनि मानिसको सोच गलत हुदै गएको छ उ त्यति नै बिमारी हुदै गएकोले रोगको दलदलमा फस्दै गएको छ । गलत बिचारलाई त्यागौं रोगी हुनबाट बचौं चिन्ता गर्दैमा समस्या समाधान हुनेवाला छैन यो सबैले बुझ्न आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !