५ जेष्ठ २०८१, शनिबार

सामान्य रूघाको ज्वरो आउना साथ कोरोना लागेको हुदैन हेक्का रहोस्


ज्वरो
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

साथीहरू यो समय भनेको मौसम परिवर्तनको समय पनि हो र अहिले भाइरल ज्वरोको मौसम पनि हो । सामान्य ज्वरोलाई ठूलो इसु बनाउदा मानिस डराएर रोग निको नहुन सक्छ । सर्पले टोकेर मान्छे मर्दैन तर डरले गर्दा हृदय गति रोकिएर मान्छे मर्ने हुन्छ ।

रूघा लागेको छ हल्का ज्वरो आएको छ व्यक्टेरियासंगै भाइरल ज्वरो पनि आएको हुन सक्छ । डाक्टरको परामर्शमा राम्रो औषधि सेवन गराउन पनि सक्नुहुन्छ । या अनुभवी व्यक्तिको रेखदेखमा घरेलु जडिबुटीसंग एलोपैथिक औषधि सेवन गराउनुस चाँडो निको हुनसक्छ ।

ज्वरोको समय हो हरेकलाई ज्वरो आएको हुन्छ । सामाजिक दुरी भन्दै विरामीको वास्ता नगर्दा फिवर पाइरेक्सिन भएर मान्छे मर्न पनि सक्छ । रूघा लाग्नु, खोकी लाग्नु, सामान्य ज्वरो आउनु यो नोबेल कोरोनाको नै सक्रमण हो भन्दै वास्ता नगर्दा यस्ले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ ।

ज्वरो देखेर डाक्टर डराउने छिमेकी डराउने आफ्ना सवै डराउन थाले रोगी निको हुनुको सट्टा झन बढ्दै जान थाल्नेछ । रूघाको होस् या अन्य कारणले आएको ज्वरो छ भनेपनि नवरस १ दाना, पराणे स्वर रस १ दाना र आनन्द भैरम रस १ दाना घोडताप्रेमा खल गर्नुहोस् र थोरै अदुवाको रस राखेर खान दिनुहोस् यो एक मात्रा भयो दिनमा ३ मात्रासम्म दिन सक्नु हुन्छ ।

यो औषधिको प्रयोगले फिवर पाइरेक्सिन भएको भएपनि विरामी मर्न दिन्न । एकपटक एकजना विरामी ज्वरो आएर भरतपुर मेडिकल कलेज राखिएको रहेछ आर्थिक कमजोर हुनाले औषधि गर्न नसकेकाले विरामीको हालत खराब हुन थालेपछि हस्पिटलले डिस्चार्ज गरेर पठाएको रहेछ थुप्रै एण्टिवायोटिक दिइएको रहेछ । किड्नी ड्यामेज हुनथालेको भनेर रिपोर्ट बनेको रहेछ ।

पछि यो विरामीलाई चमचको साहेताले औषधि बनाएर खाएको २ दिनमा ज्वरो कम हुदै गएर १ हप्तामा रोग निको भएको थियो । आज ज्याला मजदुरी गरेर खादैछन् । कुनै पनि रोगको सहि उपचार नभए त्यसलाई लाइलाज भन्ने हाम्रो बानी छ । कहिलेकाहि सामान्य औषधिले पनि यो रोग निको हुन थाल्दछ ।

वैज्ञानिकहरूले आज रोग निको बनाउने खालका नयाँ नयाँ औषधि माथि रिसर्च गरेर औषधि भ्याक्सिन उत्पादन गर्न सक्नुपर्छ तर अहिले सामान्य रोगको पनि भ्याक्सिन बनाउन नसक्नु भनेको एलोपैथिकको आयु समाप्त हुदै आयुर्वेदिकको आयु लम्बन थालेको देखिदैछ ।

आज हरेक मेडियाका पाना जडिबुटीले भरिएको छ । आज भन्दा पहिले मेरो फेसबुकमा हेर्न सक्नुहुन्छ । मैले भनेको थिए १० बर्षभित्र ३ करोड नेपालीलाई निरोगी बनाउनेछु । त्यतिवेला जडिबुटीका लेखहरू फेसबुकमा त्यति थिएनन् तर अहिले सवै वाल भरिएका छन् ।

मेरो भन्नुको अभिप्राय यो होकी अब विज्ञानले पनि आयुर्वेदिकको पक्ष लिन थालेको देखिन्छ । विश्वका विकसित राष्ट्रहरूले पनि हर्बल मेडिसिन माथि अनुसन्धान गर्दै गएको र हरेक व्यक्तिले प्राकृतिक खाना खानुपर्छ भन्ने मान्यता बढ्दै गएको यो घटनाले पुष्टि गरेको छ ।

भाइरल ज्वरोको औषधि मेरो अनुभवमा ४० बर्ष जति भयो बनेको छैन बन्ने पनि देखिएको छैन । आज सामान्य ज्वरो निको गराउन सटिक औषधिको अभावमा मानिस उपचार नपाएर मर्दैछन् यो नै वास्तविकता हो भन्दा खासै फरक छैन । अबको समय भनेको हर्बल औषधिको हो हर्बललाई अगाडि ल्याउन र आयुर्वेदिकको दिघो विकास गर्दै अघि बढ्न आवश्यक छ । जबसम्म हामीले यता ध्यान दिन सकेनौं भने ठूलो दु:खको सामना गर्नुपर्ने छ ।

भाइरल होस् या अन्य ज्वरोको औषधि खाने र बनाउने तरिका

१. नवरस १ दाना, पराणेस्वर रस १ दाना र आनन्द भैरम रस १ दाना घोड ताप्रेमा खल गर्नुस र थोरै अदुवाको रस राखेर खान दिनुस यो एक मात्रा भयो दिनमा ३ मात्रा ७ दिनसम्म दिन सक्नु हुन्छ ।

२. गिलोय क्यापसुल : २ क्यापसुल दिनमा २ पटक खान दिने यसको सेवनले इम्युनो सिस्टमलाई राम्रो गराउदछ ।

३. ज्वरो आएको विरामीलाई तातो पानीमा तुलसीको पात राखेर खान दिने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !