९ आश्विन २०८१, बुधबार

दाँत स्वस्थ हुन किन आवश्यक छ ?


दाँत स्वस्थ
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भगवानले मानवको लागि अमुल्य रत्न दाँत दिनु भएको छ, यदि दाँत नभई दिएको भए खानाको स्वाद नै हुने थिएन । मानिसको सौन्दर्यमा सवैभन्दा राम्रो भूमिका दाँतले निभाएको देखिन्छ । यदि दाँत हुदैन भने मानिसको स्वरमा पनि अन्तर हुन थाल्दछ ।

यदि हामीले दाँतलाई राम्रो हेरचाह गर्दैनौं भने दाँतमा अड्केका खानाका टुक्रा सड्न गई दाँत सवै नष्ट हुन थाल्दछ । केहि चिकित्सकको मत यस्तो छ की मानिस पागल हुनुमा दाँतको पनि ठूलो हात छ । दाँत मस्तिष्कसँग जोडिएको हुन्छ ।

यदि हामीले दाँतको राम्रो ख्याल राखेनौं भने दाँतको विचमा अडकेको अन्न सड्न गई यसले दुर्गन्ध फैलाउन थाल्दछ । यही दुर्गन्धको कारण मानव मस्तिष्कमा नराम्रो असर हुनाले मानिस पागल हुन थाल्दछ ।

प्रात: उठ्ने वित्तिकै दाँतमा अगुलो लगेर नाकको नजिक लगेर सुग्नुहोस अति नै खराब खालको दुर्गन्ध हजुरले पाउनु हुनेछ । गहिरिएर सोच्नुहोस् यस्तो दुर्गन्धले मस्तिष्कमा कति असर गरेको होला । मानिस रोगी हुनुमा यसको ठूलो हात रहेको देखिन्छ ।

यस्तो विष कहिलेकाही आमासयमा पुगेर मलिन रस पैदा गरेर रगतलाई समेत विकृति गराएर मानव स्वास्थ्य नै संकटमा पर्न थाल्दछ । अत: यस्तो कुरामा हामीले लापरबाही अपनाएमा के हुन सक्छ भन्ने कुरा हरेकले बुझ्न आवश्यक छ ।

दाँतको हेरचाह गर्नु मानिसको पहिलो कर्तव्य हुन आउछ । आज बजारमा अनेकौं रासायनिक मिश्रण दन्त मन्जन आएको छ तर यसले दाँत माझ्दा दाँत टल्कन सक्छ र यसले दाँत बलियो हुनसक्छ भन्नु केवल भ्रम मात्र हो भन्ने हामीलाई लागेको छ ।

आज यो लेखमा हामीले दाँतलाई कसरी बलियो बनाउन र निरोग हुनुको साथै चम्किलो बनाउन के कस्तो प्रकारको दन्त मन्जन प्रयोग गर्ने भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछौं । तर यो लेखमा दाँत केहो भन्नेबारे मात्र प्रकाश पार्नुपर्ने थियो तर यहाँ सबैको कल्याण होस् भन्ने हेतुले केहि फार्मुला दिएका छौं प्रयोग गरेर अवश्य लाभ लिनुहुनेछ भन्ने हाम्रो परामर्श  छ ।

दन्त रोगमा फिड्करीको ठूलो भूमिका देखिन्छ । आज मैले दन्तमन्जन बनाउन फिड्करीको प्रयोग अन्य औषधिसंग मिलाएर बनाउने तरिका सिकाउन गई रहेको छु ।

दन्त मन्जन बनाउने तरिका

१. फिडकरीलाई भुट्नुहोस् र मसिनो गरी पिस्नुहोस् र बबुलको कोइला र कागजको पोलेको खरानी समभाग मिलाएर दाँत माझ्नाले दाँतबाट रगत बग्ने तुरुन्त बन्द हुन्छ ।

२. फिडकरी भष्ममा मकैको कोइला, गेरू र चकलाई राम्रोसंग मिलाएर ठूलो मुख भएको भाडामा सबैलाई मिलाएर राख्ने आवश्यकताको समयमा दिनमा २ पटक दाँत माझ्नाले दाँत चम्किलो र निरोगी बनाउन सर्बोत्तम छ ।

३.फिटकरिलाई तावामा भुट्नुस थोरै फिटकरिको धुलोमा कोइला,चक र गेरूलाई मिलाई एक भाग फिटकरिमा ४ भाग अन्य बनाएको धुलो मिलाएर राख्नुस र दैनिक मन्जन गर्नुस दाँत चम्किलो हुनुको साथै निरोगी हुनेछ ।

नोट : दाँतलाई दैनिक सफा गरिसकेपछि मनतातो पानीले धुन नभुल्नुहोला यसो गर्दा मैला चाँडो निस्कने हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !