५ जेष्ठ २०८१, शनिबार

स्वास्थ्य सम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्य सम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । आज ट्वीट गर्दै उहाँले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्य सम्बन्धी नियम पालना गर्न आग्रह गर्नुभएको हो । ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, उहाँले ट्वीटमा भन्नुभएको छ ।

कोभिड-१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !