९ आश्विन २०८१, बुधबार

खाँदबारी अस्पतालले घाइतेको निःशुल्क उपचार गर्ने


अस्पताल

खाँदबारी, ४ साउन । जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो ।

अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार गर्ने निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुन्दरश्याम झाले बताउनुभयो । यसअघिदेखि नै लक्षित वर्गको उपचार निःशुल्क हुँदै आएको समेत डा. झाले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि प्रदेश सरकारबाट प्रतिव्यक्ति रु पाँच हजार अस्पताललाई प्राप्त हुने व्यवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो । बिरामी उपचार भई डिस्चार्ज भएर घर जाँदासमेत यातायात खर्च रु एक हजार दिने व्यवस्था रहेको अध्यक्ष शाक्यले बताउनुभयो । उक्त रकम प्रदेश सरकारले नदिए पनि अस्पताल आफैँले उक्त सेवा दिनेसमेत अध्यक्ष शाक्यले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !