८ पुस २०८१, सोमबार

जानिराखौं, हामीले खाली पेटमा खान नहुने कुराहरु


  • सोडा

सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ । यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ ।

  • गोलभेँडा

गोलभेँडामा एसिडको मात्रा हुन्छ । खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारणा बन्न सक्छ ।

  • औषधि 

औषधि दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ ।

  • रक्सी 

खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस । यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ ।

  • चटपटे भोजन 

कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ । तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

  • चिया-कफी

खाली पेटमा चिया-कफी पिउनु सबैभन्दा घातक हुन्छ । कफीमा पाइने, कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ । चियामा हुने अधिक एसिडले पनि खालि पेटमा समस्या पैदा गरिदिन्छ ।

  • दही 

दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ । खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ ।

  • केरा

खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ । जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ । त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !