७ बैशाख २०८१, शुक्रबार

यस्ता छन् गाँजर खानुका फाइदाहरु


gajar

स्वास्थ्य अवस्था मजबुद बनाउन खानासँगै सलादको सेवन एकदमै राम्रो मानिन्छ । कतिपयलाई सलादमा के सेवन गर्ने भन्ने जिज्ञासा पनि हुन सक्छ । सामान्यतयाः सलादमा काक्रो, मुला, गाँजर सेवन गरिन्छ । यी सबै खानेकुरा स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यस मध्येको गाँजर सलादका रुपमा प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ ।

गाँजरका फाइदा

  • गाँजरमा भिटामिन ए अत्याधिक मात्रामा पाइने हुँदा यसले रतन्धोबाट बचाउँछ र आँखा तेज बनाउन मद्दत गर्छ ।
  • गाँजर खाँदा तपाईंको छाला पनि स्वस्थ तथा चमकदार बन्छ र चाउरीपनासमेत कम गराउँछ ।
  • गाँजरको सेवनले युवती तथा महिलाहरुलाई रजश्वलाका समयमा हुने पीडा पनि कम गर्न मद्दत गर्छ ।
  • पर्याप्त मात्रामा गाँजरको सेवन गर्दा मुटुको चाल अनियमित हुने समस्याबाट पनि मुक्ति पाइन्छ ।
  • गाँजरको सेवनले लामो समयदेखि श्वासनलीमा जमेको खोकीसमेत बाहिर निकाल्न मद्दत गर्छ ।
  • गाँजरको सेवनले रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ र के पनि पाइन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !