कार्तिक १, काठमाडौँ | सरकारबाट बाहिरिन गरेको आग्रह माओवादीले अस्वीकार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई जिम्मेवारीवाट मुक्त गरेका छन । प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट बनेका मन्त्रीलाई विना विभागीय बनाउदै राप्रपाका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।
यससंगै कमल थापा उपप्रधानमन्त्री तथा उर्जा दिलनाथ गिरी शहरी विकास, विक्रमवहादुर थापा महिला बालबालिका तथा समाज कल्याण र जयन्त चन्दले आपुर्ति मन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि विज्ञान तथा प्रविधी मन्त्री रहेका दिपक बोहोराले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृह, परराष्ट्र र सामान्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री देउवाले आफैले राखेका छन । कुन्तिकुमारी शाही शहरी विकास राज्यमन्त्री, सुशिल श्रेष्ठ आपूर्ति, कान्ता भट्टराई महिला बालबालिका तथा समाजकल्याण र भाष्कर भद्रालाई उर्जा आपूर्ति राज्य मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । चेतावनी पश्चात केन्द्रका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेको भएपनि सरकारले चुनाव सार्न खोजेको आशंकापछी माओवादी मन्त्रीहरुले राजीनामा रोकेका थिए