८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रले सरकार छाड्नुपर्छ : राणा


असोज २६, भक्तपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् । बिहीबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कारमा उनले ‘सरकारमा पनि रहने र प्रतिपक्षसँगसमेत गठबन्धन गर्नु बेइमानी हो’–भने ।

उपत्यकाभित्रै निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या हुनुले सुरक्षा कमजोर रहेको प्रस्ट पारेको भन्दै राणाले गृहमन्त्री जनार्दन शर्माले पनि तत्काल राजीनामा दिनुपर्ने बताए । आगामी निर्वाचनमा प्रजातान्त्रिक शक्तिको विजय निश्चित रहेको उनको दाबी थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !