६ जेष्ठ २०८१, आइतबार

वाम गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस


असोज २३, काठमाडौँ । चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए ।

कार्यदलका संयोजक एमाले महासचिव इश्वर पोखरेलले मिलाउने प्रयास जारी रहेको बताए । कार्यदलस्तरको बैठकलाई निष्कर्षमा पुर्‍याउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न आइतबार माओवादीले प्रस्ताव गरेको थियो । सोमबार बस्ने बैठकले सिट बाँडफाँडको खाका ल्याउन सक्ने पोखरेलले जनाए ।

विशेषगरी दुई विषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच छ । प्रारम्भिक गृहकार्यअनुसार जित सुनिश्चित हुने उम्मेदवार र क्षेत्र छान्ने तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणाम विश्लेषण गरेर क्षेत्र छुट्याइने छ । दुबै दलले विशेषज्ञसँग समेत छलफल गरी चुनावी मतपरिणामको विश्लेषण गराइसकेका छन्

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु