१५ बैशाख २०८१, शनिबार

कोइरालाको स्वास्थ्यमा सुधार, आँखा खोले


Dr-Shashank-Koirala

ओम अस्पतालमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचारमा संलग्न एक चिकित्सकका अनुसार कोइरालाको स्वास्थ्यअवस्था धेरै नै सुधार देखिएको छ।

कोइरालाको होस पूरै खुलिसकेको भन्न नमिल्ने तर उनले आँखा खोल्ने मान्छे चिन्न थालेको डाक्टरले बताएका छन्। कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाले मान्छे चिन्न थालेका छन्। तिवारी कोइरालालाई भेट्न बिहान ७ बजे गएका थिए।

‘उहाँले आँखा खोल्नुभयो, मलाई देखेर रुनु भयो,’ तिवारीले भने, ‘डाक्टरले भरतजी आउनुभो भनेर बोलाएपछि उहाँले टाउको हल्लाएर आँशु झार्नुभयो।’ कोइरालालाई दिइँदै आएको औषधिको मात्रा पनि घटाइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !