१४ बैशाख २०८१, शुक्रबार

आइसल्याण्डलाई ५ – २ गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा


france

आइसल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स घरेलु मैदानमा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको अन्तिम क्वाटरफाइनलमा आइसल्याण्डलाई ५ – २ गोल अन्तरले पराजित गर्दै आयोजक फ्रान्स अन्तिम चारमा पुगेको हो ।

पेरिस स्थित स्टेड डी फ्रान्स स्टेडियममा भएको खेलमा फ्रान्सले नवप्रवेशी टिम आइसल्याण्डमाथी एकतर्फी जित निकाल्यो । फ्रान्सको जितमा ओलिभर जेउरुडले दुई तथा पउल पोग्वा, दिमित्री पयट र एन्टोनी ग्रिजम्यान एक एक गोलले गोल गरे । आइसल्याण्डबिरुद्धको फ्रान्सको यो जित जारी युरोकप कै पहिलो फराकिलो जित हो । योसंगै फ्रान्स युरोकपको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । फाइनल प्रवेशका लागी अब फ्रान्सले सेमिफाइनलमा विश्वकप बिजेता जर्मनीसंग खेल्ने छ । जर्मनी इटालीलाई पराजित गर्दै यसअघि अन्तिम चारमा पुगीसकेको छ । त्यस्तै पोर्चुगलले वेल्सको सामना गर्ने छ ।

फ्रान्सले पहिलो हाफको १२ औ मिनेटमा नै जेउरुडको गोलबाट सुरुवाती अग्रता लिएको थियो । यो फ्रान्सले सन् २०१२ को युरोकपपछि पछिल्ला ७ खेलमा पहिलोपटक पहिलो हाफमा गोल गरेको हो । फ्रान्सले खेलको २० औ मिनेटमा अग्रता दोब्बर बनायो । एन्टोनी ग्रिजम्यानको कर्नरमा पोग्वाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि पहिलो हाफको अन्तिम ४ मिनेटमा फ्रान्सले लगातार दुई गोल गर्यो । खेलको ४० औ मिनेटमा दिमित्री पयटले फ्रान्सको अग्रता तेब्बर बनाएका थिए भने पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्लिकबाट गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ४ – ० को अग्रता लियो ।

पहिलो हाफमा ४ – ० ले पछि परेको आइसल्याण्डले दोस्रो हाफको सुरुमा एक गोल फर्कायो । खेलको ५९ औ मिनेटमा कोल्बिन सिग्र्पोसनले आइसल्याण्डका लागी गोल फर्काए । तर, त्यसको तिन मिनेट नबित्दै फ्रान्सका लागी जेउरुडले फ्रान्सको लागी व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि खेलको ८४ औ मिनेटमा आइल्याण्डको बिर्किर बजरनासनले थप एक गोल गरेपछि खेल फ्रान्सले ५ – २ ले आफ्नो पक्षमा बनाएको हो ।

जितसंगै घरेलु मैदानमा जारी युरोकप जित्ने सम्भवाना कायम रहेको छ । फ्रान्सले सन् १९८८ को युरोकपबाहेक अन्य सबै सस्करणमा सहभागिता जनाउदै आएको छ । फ्रान्सले दुई पटक युरोकप जितेको छ । यस पटक उपाधि जित्द्दै फ्रान्स तेस्रो पटक युरोपियन च्याम्पियन हुने बाटोमा रहेको छ । तर, फ्रान्स अघिल्लो सस्करणमा भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

यता, फ्रान्ससंग पराजित भएसंगै पहिलो सहभागितामै उपाधि जित्ने आइसल्याण्ड सपना पुरा हुन् सकेन । समुह चरण र अन्तिम १६ मा सशक्त प्रदर्शन गरेको आइसल्याण्डले फ्रान्सविरुद्ध कुनै चमत्कारी खेल पस्कन सकेन । आइल्याण्डले समुह चरणमा बलियो टोलि पोर्चुगललाई बराबरीमा रोकेको थियो भने अन्तिम १६ मा इंग्ल्यान्डलाई पराजित गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु