![President Bhandari and Teplitz meet1](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/08/President-Bhandari-and-Teplitz-meet1.jpg?fit=263%2C191&ssl=1)
१८ साउन, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले विहिबार बिदाई भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियो । (रासस)