१० पुस २०८१, बुधबार

कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु


कोरोना मृत्यु

काठमाडौँ । कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् ।

सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू) मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !