४ जेष्ठ २०८१, शुक्रबार

एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन, यो राष्ट्रको हितमा छ : प्रधानमन्त्री


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को पक्षमा उभिन डराउन नहुने बताएका छन् ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले आफु एमसीसी पास गर्न लागिरहेको र संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने बताए । उनले भने, “पास फेल के हुन्छ थाहा छैन ।”

“हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ ।”, प्रधानमन्त्री देउवाले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !