३ असार २०८१, सोमबार

बागलुङको ढोरपाटनमा प्रधानमन्त्री ओली, कर्णाली प्रदेशको बैठकमा सहभागी हुने


Kp Oli

३० चैत, बागलुङ । प्रधानमन्त्री केपी शर्मा ओली बागलुङको ढोरपाटन पुग्नुभएको छ । ढोरपाटनको अवलोकन पछि उहाँ कर्णाली पुग्नु हुनेछ । दिउँसो ४ बजे बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा बस्ने बैठकमा चीनसँगको नाका खुलाउने र कर्णाली प्रदेशको योजनाका विषयमा छलफल गर्ने तयारी छ । कर्णाली प्रदेशले आयोजना गरेको रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गर्नुहुनेछ । त्यसअघि बिहान उहाँले मुगुको राराबाटै राष्ट्रयको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने तयारी पनि गर्नुभएको छ । देशबाट निरक्षरता उन्मूलनको लागि सबै जनप्रतिनिधिले जस्तै आफूले पनि एक बालिकालाई विद्यालय लगेर नाम लेखाउने प्रधानमन्त्रीले यसअघि नै घोषणा गर्नुभएको छ । भर्ना अभियान प्रभावकारी बनाउन यसवर्ष प्रधानमन्त्री सहित मन्त्री, सांसद र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले बालबालिकालाई विद्यालय लगेर नाम लेखाउने कार्यक्रम तय भैसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !