१० पुस २०८१, बुधबार

देशभर थप २२० जनामा कोरोना पुष्टि, २६३ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७२५ जनामा पिसिआर परिक्षण गर्दा २१८ जना र १४१६ जनामा एन्टीजेन परिक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ९ हजार १५५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५७४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ८९ जना, ललितपुर जिल्लामा ३३ जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४७ लाख ७१ हजार ७५८ पिसिआर परीक्षण भएको छ भने ७ लाख ८४ हजार ५०८ एन्टीजेन परीक्षण गरिएको छ भने ९४ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् ।

आज देशभर ८६ हजार ५९३ जनाले कोरोना खोप लगाएका छन् । आजसम्म १ करोड २० लाख ९३ हजार ९८२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९६ लाख ४६ हजार ७२० जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड १७ लाख ५६ हजार ७६३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !