१२ आश्विन २०८१, शनिबार

आज होटल सोल्टीमा भेट्दै स्वराज-अोली


swaraaj-oli

१८ माघ, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच आज साँझ भेटवार्ता हुने भएको छ । आज काठमाडौं आइपुग्न लागेकी स्वराजसँग एमाले अध्यक्ष ओलीले साँझ साढे ६ बजे सोल्टी होटलमा भेट्ने तय भएको लैनचौरस्थित भारतीय दूतावासले जनाएको छ ।

भेटमा एमालेका तर्फवाट अध्यक्ष अोलीसहित नौ जना सहभागी हुने भएका छन् । एमाले सचिवालयका अनुसार भेटमा उपाध्यक्ष वामदेव गौतम, महासिचव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, नेता डा. राजन भट्टराई, विष्णु रिमाललगायत सहभागी हुनेछन् । आधा घण्टा चल्ने भनिएको भेटका क्रममा समसामयिक राजनीति र नेपाल-भारत सम्बन्धबारे कुराकानी हुने स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !