१० पुस २०८१, बुधबार

फास्ट ट्रयाकसँगै काठमाण्डौसम्म तेलको पाइपलाइन बिछ्याउन आयल निगमको प्रस्ताव


fast track

१३ माघ, काठमाण्डौ । काठमाण्डौ-निजगढ फास्ट ट्रयाक (एक्सप्रेस-वे) सँगै नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइन पनि काठमाडौंसम्म ल्याउन प्रस्ताव गरेको छ । निगमले त्यसका लागि आफैंले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली प्रस्ताव गरेको हो ।

निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले नेपाली सेनासँग यसबारे औपचारिक रुपमा पनि छलफल भएको जानकारी दिए । अहिले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काम गरिरहेको छ । निर्माणको काम लाई अघि बढाउँदै लागि सेनाले विस्तृत द्रुतमार्गको परियोजना प्रतिवेदन -डीपीआर) तयार गर्न लागेको छ ।
सरकारले अहिले पनि द्रुतमार्ग निर्माण गर्दा त्यो सँगै ग्याससहित पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनेको छ । सँगै खानेपानी, अप्टिकल फाइबर, ग्यास, विद्युत प्रसारणलाइन भूमिगत रुपमा ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनिएको छ ।

आयल निगमले सडकसँगै यस्ता संरचना तयार गरेर मात्रै राख्दा पछि काम गर्न असजिलो हुने भन्दै एकैपटक पाइप बिछ्याउन प्रस्ताव गरेको हो । तर, यसमा सेनाले औपचारिक निर्णय गरेको छैन । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले डीपीआर निर्माणकै क्रममा रहेकाले यसबारे के गर्ने भन्ने विषय नटुंगिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !