३० कार्तिक २०८१, शुक्रबार

नेपाली अर्थोडक्स चियाले पायो १३९ वर्षपछि आफ्नै पहिचान


Ilam-Tea

२३ पुस, इलाम । १३९ वर्षपछि नेपाली चियाले आफ्नै लोगो पाएको छ । इलामवाट  वि.स.१९२० चिया खेती शुरु भएको हो भने १९३५ मा कारखाना स्थापना गरेर चियाको उत्पादन शुरु भएको थियो ।  अहिलेसम्म आफ्नो पहिचान भने पाउन सकेको थिएन ।

चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संस्था र चिया विज्ञहरुको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लागो पाएको हो । यसअघि नेपाली अर्थोडक्स चिया कि दार्जिलिङ्ग टीको लागो लागेर त कि लोगो बिनै नै अन्तर्राष्ट्रिय बजारमा पुग्नेे गरेको थियो ।

कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएसन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका तयार गरेर कार्यान्वयनमा ल्याएको हो । तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु निक्कै चुनौति रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चिया विज्ञ चन्द्रभूषण सुब्बा बताउँछन् ।

कारखानाको लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स सर्टिफिकेशन चिया ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ । निर्देशिकाले लोगो प्रयोग गर्नका लागि पूर्ण रुपमा अग्र्यानिक चिया उत्पादन हुनुपर्ने प्रावधानसँगै केही निश्चित मापदण्डहरु तोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !