७ असार २०८१, शुक्रबार

कोरोनाले स्थगित शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति


प्रदीप ज्ञवाली

काठमाडौँ, असोज २१ । नेपाल सरकारले कोरोनाले स्थगित विद्यालय तहदेखि विश्वविद्यालय सम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको बताएका छन् ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षासम्बन्धि मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चा‍लन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरुलाई पालना गरी व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालनको पनि अनुमति दिने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !