१३ आश्विन २०८१, आइतबार

फेवाताल टावर मर्मत , प्रवेश शुल्क पनि लगाइने


कार्तिक १४, कास्की | पोखराको पर्यटकिय स्थल फेवातालको टावर सजिसजावट सहित हालै मर्मत गरिएपछी अवलोकनको लागि फेवाताल टावर प्रबेशमा शुल्क लिन थालिएको छ । पोखरा लेखनाथ महानगरपालिकाले नाईस नेपाल कन्स्ट्रक्सन कम्पनिलाई आगामी दुई बर्षको लागि ११ लाखमा भाडामा दिएसंगै कम्पनिले शुल्क लिन थालेको हो।

स्वदेशी पर्यटकहरुलाई फेवाताल टावरमा जादा २० र अन्य पर्यटकहरुको लागि ५० रुपैया लिने गरेको नाईस नेपाल कन्स्ट्रक्सनका श्याँम क्षेत्रीले बताए । यस अघि फेवाताल टावर जिर्ण बनेको थियो भने  टावर जाने बाटो समेत तालको पानीले डु्बान भएको थियो ।

थप वाइना कुलर समेत राख्ने योजना भएको जनाएको कम्पनिले १८ लाख खर्चियर उक्त टावर मर्मत गरेको बताएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !