१३ आश्विन २०८१, आइतबार

उम्मेदवारहरु फेसबुक तथा ट्वीटरमार्फत भोट माग्दै, सामाजिक सञ्जालमा प्रचार-प्रसार ब्यापक


कात्तिक १३, रसुवा । रसुवामा मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदारहरुले सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसारलाई तिव्रता दिएका छन् । दलहरु निर्वाचन प्रचार प्रसारका लागि आवश्यक पर्ने सामग्री निर्माण तथा अगुवा कार्यकर्ता अभिमुखीकरण, भेला र गठबन्धनबीच बैठक बस्ने जस्ता कामको व्यस्तताले अहिले सामाजिक सञ्जालमार्फत मात्र प्रचार–प्रसार गर्न थालेका हुन् ।

रसुवामा लोकतान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा छ । दुबै गठबन्धनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत् मत माग्ने होडबाजी गरिरहेका छन् । दुवै गठबन्धनहरुले गरेका गतिबिधिलाई समेत सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार गरेका छन् ।

रसुवामा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट मोहन आचार्य र प्रदेश तर्फ ‘क’ मा कांग्रेसका प्रभात लामा र ‘ख’ मा नयाँ शक्ति पार्टीका प्रेम तामाङ छन् भने बाम गठबन्धनतर्फ प्रतिनिधि सभाका लागि नेकपा एमालेका जनार्दन ढकाल, प्रदेश ‘क’ मा कन्र्याल तामाङ र प्रदेश ‘ख’ मा नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे प्रतिस्पर्धामा छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !